तुरहीको चाड र पश्चात्तापको तुरही | परमेश्वरको मण्डली

Поделиться
HTML-код
  • Опубликовано: 11 фев 2025
  • [प्रायश्चितको दिनभन्दा दश दिनअघि तुरही फुकेर
    पश्चात्ताप गर्न आह्वान गरिने तुरहीको चाड]
    इस्राएलीहरूले मूर्तिपूजाप्रति पश्चात्ताप गरेपछि दोस्रो पल्ट दश आज्ञा पाए ।
    तिनीहरूले परमेश्वरबाट प्रायश्चित पाएकाले त्यस दिनलाई परमेश्वरले
    ‘प्रायश्चितको दिन’ भन्ने नाउँ दिनुभयो ।
    अनि पवित्र पात्रोअनुसार सातौँ महिनाको पहिलो दिनमा पर्ने तुरहीको चाडचाहिँ
    दश दिनपछि प्रायश्चितको दिन भएकोले सबै मानिसहरूले परमेश्वरमा
    पश्चात्ताप गर्नुपर्छ भनेर सङ्केत गर्ने पश्चात्तापको तुरही ठूलो आवाजमा फुकिएको चाड हो ।
    [परमेश्वरको मण्डलीका सन्तहरूले
    फुकेको पश्चात्तापको तुरही के हो ?]
    मोशाको समयमा प्रायश्चितको दिन आउनुभन्दा दश दिनअघि
    इस्राएलीहरूले पश्चात्तापको तुरही फुकेजस्तै,
    हिजोआज हामीले सारा संसारलाई आन साङ होङज्यू
    र माता परमेश्वरकहाँ आएर मुक्ति पाउने गराउन,
    र बप्तिस्मा र नयाँ करारका चाडहरूद्वारा
    पूर्ण पश्चात्ताप गराउन तुरही फुक्नुपर्छ ।
    लेवी २३:२४-२५
    “इस्राएलीहरूलाई भन् : ‘सातौँ महिनाको पहिलो दिनमा
    तिमीहरूका निम्ति विशेष विश्रामको दिन होस् ।
    त्यस दिन सम्झनाको लागि तुरही फुकेर पवित्र सभा राखिओस् ।
    तिमीहरूले त्यस दिनमा दैनिक काम नगर्नू,
    तर परमप्रभुको निम्ति अग्नि-होम चढ़ाउनू’ ।”
    लूका ५:३१-३२
    “तर येशूले तिनीहरूलाई भन्नुभयो,
    “निरोगीलाई वैद्यको खाँचो पर्दैन, तर रोगीलाई मात्र ।
    म धर्मीहरूलाई होइन, तर पापीहरूलाई
    पश्चात्तापको निम्ति बोलाउन आएको हुँ ।”
    [ यस श्रव्यदृश्यको सर्वाधिकार परमेश्वरको मण्डली विश्व सुसमाचार समाजसँग छ । अनुमतिविना प्रतिलिपि वा वितरण गर्न निषेध छ । ]
    〖World Mission Society Church of God〗watv.org
    〖WATV Media Cast〗 watvmedia.org/ne

Комментарии • 960