'डीड अफ ग्राण्ट' लाई केन्द्रगरी दार्जीलिङको ओल्ड सिमेट्री सफाइ सम्पन्न
HTML-код
- Опубликовано: 8 фев 2025
- 'डीड अफ ग्राण्ट' लाई केन्द्रगरी दार्जीलिङको ओल्ड सिमेट्री सफाइ सम्पन्न
दार्जीलिङ, २ फरवरी: १९१औं 'डीड अफ ग्राण्ट' लाई केन्द्रगरी ओल्ड सिमेट्री सफाइ गरियो। दार्जीलिङवासी अन्तत शर्मा अनि दावा लेप्चाको नेतृत्वमा गरिएको उक्त सफाइ कार्यक्रमअवधि दार्जीलिङ वरिपरिका युवाहरुले उक्त अंग्रेजकालिन चिहानघारी परिसरको सफाइ गरिएको हो।
दार्जीलिङको निर्माणकालसँग सम्बन्ध राख्ने उक्त ठाउँको महत्त्व अनि विशेषताबारे जनचेतना प्रसार प्रचार एवं विस्तार गर्ने उक्त कार्यक्रम आयोजनाको उद्देश्य रहेको जानकारी छ। अर्कोतिर धरोहरहरु संरक्षण दिशामा मानिसहरु अघि आइदिने अपील गरिएको छ।
ईश्वी १८३५, १ फरवरी तत्कालीन सिक्कि अधिपति अनि अंग्रेज अधिकारीबीच भएको उक्त सम्झौतापछि दार्जीलिङ हस्तान्तरण गरिएको इतिहास छ भने यसपछि निर्जन दार्जीलिङलाई विकास गरेर लाने अंग्रेज अधिकारीहरुको मृत्युपछि समाधि उक्त ठाउँ निर्माण गरिएको छ। यसमध्ये दार्जीलिङको खोजीकर्ता जेनरल जर्ज एलिमर लोयड अनि हङ्गेरीका राष्ट्रपिता अलेक्जेण्डर चोमा डि कोरसको समाधिलाई भारतीय पुरातात्विक विभागद्वारा अघिग्रहण गरिएको छ।